कालिमाटि विकास समितिको विदेश भ्रमण रद्द

काठमाडौं । एक साता लामो विदेश भ्रमणमा जान लागेका कालिमाटि फलफूल तथा तरकारी विकास समितिको पदाधिकारीको भ्रमण रद्द गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भ्रमण निर्देशिका विपरीत विदेश जान लागेका भन्दै विकास समितिको १९ जना पदाधिकारीको भ्रमण रद्द गरेको हो  ।

विकास समितिले अनावश्यक ठाउँमा विदेश भ्रमण कार्यक्रम तय गरेको रद्द गर्नु परेको कार्यालयका प्रवक्ता बिनोद कुँवरले बताए । 

त्यस्तै विकास समितिको १९ जना पदाधिकारी भियतनामको थोक बजारका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम राखेका कारण उनीहरुको विदेश भ्रमण रोक्नु परेको कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी जानकारी दिए । 

भ्रमण यही अक्टोबर २७ देखि नोभेम्बर ३ तारिख (कात्तिक १० गतेदेखि १७ गते) का लागि तय भएको थियो । 

भ्रमणका लागि बोर्डले ४० लाख बजेट स्वीकृत गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?