राजनीतिक दाउपेचको खेलमा संघदेखि प्रदेशसम्मका मन्त्रीहरु बर्खास्त भइरहँदा चुनावी भागबण्डाले बिथोलीएको दलभित्रको हलचलमा नेताहरु निष्कासनमा समेत परे ।
मनसुन सुरु भएपछिको एक सय दिने क्षति विवरण, इराकमा नयाँ राष्ट्रपतिको चयन र आजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुदको उद्घाटनसम्बन्धी खबर पनि आजको टप फिप्टिन हेडलाइन्समा समावेश छन् ।
१. प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार जसपाका मन्त्री हटाएसँगै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि हटाए कांग्रेसबाट बनेका ३ मन्त्री, ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने ।
२. नेकपा एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई गर्यो साधारण सदस्यसमेत नरहने गरी निष्कासन, एमालेको रौतहट जिल्ला कमिटी विघटन ।
३. राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, कषि तथा पर्यटन क्षेत्रमा क्रान्ति हुँदै गएको उल्लेख ।
४. महोत्तरीमा हत्या अभियोग लागेका तीनजना व्यक्ति नेकपा एमालेबाट चुनावी मैदानमा, समयसीमाभित्र उनीहरूविरुद्ध कुनै उजुरी नपरेको निर्वाचन आयोगको भनाई ।
५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख ७० हजारसहित एक जना भारतीय नागरिक पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै ।
६. नेपाल सरकारले लगाएको गाडी, मोटरसाइकल, मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्ध अझै कायमै, आयात प्रतिबन्ध मंसिर २९ गतेसम्मलाई लम्ब्याइयो ।
७. लुम्बिनी प्रदेशसभा क्षेत्रमा एकीकृत समाजवादीले पाएन सत्ता गठबन्धनको समर्थन, गठबन्धनका नाममा माओवादीले मात्रै फाइदा लिएको आरोप ।
८. कमजोर बन्दै नेपाली रुपैयाँ, डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर, अमेरिकी डलरको खरिद दर एक सय ३१ रुपैयाँ ४६ पैसा पुग्यो ।
९. नेपालमा थप १ हजार ७ सय ८७ जनामा डेंगु संक्रमण पुष्टि, थप २ जनाको मृत्यु, हालसम्म ३८ हजार ९ सय १८ जना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४७ पुग्यो ।
१०. युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्वीजरल्याण्ड जस्तो बन्न नसक्ने अर्थविद् डा. स्वर्णीम वाग्लेको टिप्पणी, प्रतिव्यक्ति आयमा भने वृद्धि हुन सक्ने वाग्लेको अनुमान ।
११. मनसुन सुरु भएपछिको एक सय दिनमा मनसुनजन्य विपद्का घटनाले पुर्यायो ठूलो क्षति, घटनामा परि १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाइते ।
१२. दसैँपछिको पहिलो साताको सेयर कारोबारमा सुधार, नेप्से परिसुचक १ हजार ८ सय ७० दशमलब ६३ अंकमा रोकियो, वित्तिय तरलता र नजिकिएको निर्वाचनका कारण बजारमा असर ।
१३. इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित, देशमा नयाँ राष्ट्रपति चयन भएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुने विश्वास ।
१४.उपराष्ट्रपति नन्दबहादुर पुनले गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन, पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत, लुम्बिनी प्रदेश ४–१ गोल अन्तरले पराजित ।
१५. नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा एपिएफको सानदार जित, प्रदेश १ माथि ७ गोल वर्षँदा सावित्राको ६ गोल ।
https://www.facebook.com/lokpath/videos/1736145300092393
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया