सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई तीन थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण

लोकपथ
0
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शुक्रवार विराटनगरस्थित कोशी अस्पताललाई तीन थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका छन् ।

कोशी अस्पतालमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदिश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द्र खेतानलगायतका बरिष्ठ उद्योगपति एवम् समाजसेवीहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेतलगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पुर्‍याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा बोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवले हेमोडायलाइसीस मेसीनको उपयोगिता, प्रयोग र आवश्यकता बारेमा चर्चा गरेका थिए । उनले बैंकद्धारा हस्तान्तरण गरिएका डायलाइसीस मेसीनहरुको अधिक्तम उपयोग गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बारेमा बैंक संचालक नरेन्द्र कुमार अग्रवालले जानकारी गराएका थिए भने आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?