रेग्मी समाजको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

लोकपथ
1.1k
Shares

काठमाडौं । कौशिक गोत्रीय रेग्मी समाजको प्रथम राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभा कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शुक्रवारदेखि सुरु भएको छ ।

प्रथम राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभाको उद्घाटन मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एव्म पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले गरेका थिए । पहिलो पटक २०७७ चैत ७ गते २१ जिल्लाका प्रतिनिधिबाट सुरु भएको रेग्मी समाजको यो पहिलो राष्ट्रिय सम्मेलन हो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, कृषी तथा वन विज्ञान विश्वविद्यालयका उप कुलपति प्राध्यापक डाक्टर पुण्य प्रसाद रेग्मी, नेपाल सरकारको सचिव दामोदर रेग्मी, पुण्यप्रसाद रेग्मी, सुधिरकुमार रेग्मी, समाजसेवी प्रिन्सा रेग्मीलगायतको उपस्थित रहेको थियो ।

देश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण रेग्मीहरुलाई एकीकृत गरि संस्थागत विकास गर्ने र बंशावली बनाउने प्रयास कार्यक्रममार्फत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?