हरेक निर्वाचन बुथमा २ सय युवा परिचालन गर्ने पाँच विद्यार्थी संगठनको निर्णय

लोकपथ
143
Shares

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध विद्यार्थी संगठनहरुले हरेक निर्वाचन बुथमा २ सय युवा विद्यार्थी परिचालन गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी ,अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल छैटौँ र समाजवादी विद्यार्थी यूनियनको बैठकले पाँचवटै संगठनका अध्यक्ष संलग्न केन्द्रीय परिचालन समिति बनाउने निर्णय  गरेको छ ।

बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेश स्तरिय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए ।

चुनावी प्रतिसर्धामा रहेका संयुक्त विद्यार्थी संगठनका पूर्व विद्यार्थी अध्यक्ष र दलका प्रत्येक शिर्ष नेतृत्वको चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरु उपस्थिति भएर निर्वाचन विशेष कार्यक्रम र संयुक्त सम्बोधनको अपिलसमेत गर्ने पाँच विद्यार्थी संगठनले निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?