वाङ्मय शताब्दी पुरुष जोशीको अवस्था चिन्ताजनक

लोकपथ
26
Shares

काठमाडौं । बिरामी भएर काठमाडौंको किष्ट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा उपचार गराइरहेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । आज हस्पिटलले एक बुलेटिन जारी गर्दै जोशीको स्वास्थ्य अवस्था बिग्रिएको बताएको हो ।

२२ दिनदेखि उपचाररत उनलाई हिजो बिहीवार आईसीयूमा सारेर उपचार थालिएको हो। अस्पतालले आज जारी गरेको विज्ञप्तिमा जोशीको शरीरमा औषधिले राम्रोसँग काम नगरेको उल्लेख गरिएको छ ।

जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखा परेको छ । उनलाई डेङ्गी पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?