कोरोना अपडेट : २४ घण्टामा ४२ जनामा संक्रमण

लोकपथ
39
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त समयमा गरिएको १ हजार ६९ परिक्षणमध्ये आरटी पिसिआर विधिबाट ४२ जनामा संक्रमण पुष्टि भएको हो । आज एन्टीजेन विधिबाट कसैको पनि कोरोना परिक्षण गरिएको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा संक्रमणबाट सो अवधिमा कसैले पनि ज्यान नगुमाएको र कोभिड विरुद्धको खोप लगाउनेहरुको संख्या २ लाख ६ हजार ६ सय ४ रहेको मन्त्रालयमा प्राप्त तथ्याङ्कका आधारमा उल्लेख गरिएको बताइएको छ ।

यता, २४ घण्टामा २६ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै हाल देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?