‘अर्को निर्वाचन लड्दा भोट माग्नु पर्दैन, खोजीखोजी मत दिने वातावरण बनाउँछु’

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसलाई खोजी खोजी भोट हाल्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको क्षेत्र नं ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले काठमाडौं–५ ‘क’ ले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

यसअघि सो क्षेत्रबाट चुनाव जितेर गएका प्रतिनिधिले काम गर्न नसकेकोमा आक्रोश व्यक्त गर्दै नेता पौडेलले अर्को निर्वाचनसम्ममा आफूलाई खोजिखोजि भोट हाल्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘कसैले धेरै फुर्ती नगरे हुन्छ। चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरुले यो क्षेत्रमा केही गरेका छैनन्।’ उनले भने, ‘हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं, हामीलाई मौका दिनुस्, हामीले अर्को चुनाव लड्दै गर्दा हामीले भोट मागिरहनु पर्दैन। हामीलाई खोजीखोजी भोट हाल्ने स्थिति हामी निर्माण गर्न चाहन्छौँ ।’

त्यसैगरी उनले नेपालको राजनीतिक संस्कृति विकास गर्ने पार्टी नेपाली कांग्रेस रहेको बताउँदै राजनीति एउटा नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि युवाहरुको जित आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?