काठमाडाैं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मुल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो ।
बिहीवार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय भएको छ । सो कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्नेछ ।
यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमो नेपाली काङ्ग्रेसले भेलाको व्यवस्थापन गर्नेछ । कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ ।
कार्तिक ५ गते जनकपुर, कार्तिक ६ गते धनगढीमा भेला हुनेछ । सो भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ ।
यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली काङ्ग्रेसले भेलाको व्यवस्थापन गर्नेछ भने कार्तिक ७ गते काठमाडौंमा हुने भेला माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ ।
कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुखसहित ३–३ जना सहभागी हुने गठबन्धनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया