‘जन्मभूमिमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न मोरङ–३ मा उम्मेदवारी दिएको हुँ’ अभिनेतृ थापा

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार अभिनेतृ रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताएकी छन् ।

बिहीबार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा उहाँले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भएपनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताएकी हुन् ।

अभिनेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरुसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

अभिनेतृ थापाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफै समाप्त हुने दाबीसमेत गरेकी छिन् । घर चलाउन सक्षम महिलाहरु मुलुक चलाउन पनि सक्षम रहेको उनको भनाई थियो । कार्यक्रममा उपस्थित भएका स्थानीय केही युवाहरुले भने स्थानीय समस्या समाधानका लागि अभिनेतृ थापालाई मत दिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?