२० माघ २०७९, शुक्रवार

लमजुङमा प्रतिनिधि सभातर्फ एक पदमा ११ जना भिड्दै

२०७९,आश्विन,२७,बिहीवार १७:३६

54
Shares

लमजुङ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभामा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवारी कायम भएको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा पाँच जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

उनका अनुसार प्रदेश सभा ‘ख’ मा सात जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (बीपी)का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाईजेशनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम भएको छ ।

स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले चुनाव चिन्ह पुतली पाएका छन् । प्रदेश सभा ‘क’मा नेकपा एमालेका जमिन्द्रमान घले, कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वति गुरुङ र मंगोल नेशनल अर्गनाईजेशनका बृखबहादुर तामाङको उम्मेदवारी कायम भएको छ ।

प्रदेश सभा ‘ख’ तर्फ नेकपा एमालेका कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङ र नेपाली कांग्रेस (वीपी) को नवराज बसौलाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता गरेका छन् । लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका छन् ।

प्रदेशसभा ‘क’ मा ६ जनाको उम्मेदवारी परेकोमा एकजनाले र प्रदेशसभा ‘ख’ मा सात जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रकाशित मिति: २०७९,आश्विन,२७,बिहीवार १७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२