देशभरमा अझै छन् ६ सय २२ कोरोनाका बिरामी

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा कोरोनाका अझै ६ सय २२ सक्रिय संक्रमित छन् । केहि दिनयता घट्दो क्रममा रहेको कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभरमा थप ५१ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ८६ जनामा गरिएको कुल परिक्षणबाट आरटी पिसिआर विधिबाट ४५ र एन्टीजेन विधिबाट ६ जना गरि ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

सो समयमा ७३ हजार ८ सय ८० जनाले खोप लगाएका छन् भने २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । २४ घण्टामा संक्रमणबाट कसैले पनि ज्यान नगुमाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?