बालुवाटारमा प्रधानमन्त्रीको हातबाट टीका लगाउन सर्वसाधरणको घुइँचो

काठमाडौं । विजया दशमीको टीका पछिको आज तेस्रो दिन हो ।  आज सोमबार पनि प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीबाट टीका ग्रहण गर्ने आउने  सर्वसाधरण तथा कार्यकर्ता संख्या उल्लेख्य छ । 

सरकारले एकादशीसम्म मात्रै दशै विदाको समय दिएको भए पनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थीसम्म प्रधानमन्त्रीले टीका लगाइदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओली बिहानैदेखि बालुवाटार पुगेकाहरुलाई टीका र जमरा लगाउन व्यस्त रहेका छन् । 

यसपटक  प्रधानमन्त्री ओलीले चर्तुदशी सम्म सर्वसाधरणलाई टीका लगाउने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?