२०७५, ५ कार्तिक सोमवार ०७:१९

नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैनः विमलेन्द्र निधि


प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमवार ०७:१९

विराटनगर ।  नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिएका हुन् ।  

उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने जानकरी समेत दिएका छन् । उनले भने , “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ” 

प्रतिक्रिया दिनुहोस