काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार पनि बस्दैछ ।
पार्टी एकतालाई पूर्णता दिने लगायतका विषयमा छलफल गर्न बठक बस्न लागिएको हो ।
बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । पार्टी श्रोतका अनुसार बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी गठन, सरकारको समीक्षा लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा आगामी स्थायी समिति बैठकको कार्यसूचीबारे पनि छलफल हुने अनुमान छ । नेकपा स्थायी कमिटीको बैठक यही कात्तिक १२ र १३ गते बस्ने तय भएको छ ।
आइतबार बसेको सचिवालय बैठकले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया