बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।
बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उनले ६ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी,स्वयंसेवक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक संकलन गर्न निर्देशन दिएका हुन् ।
नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल राहत सामग्री वितरण गर्ने अध्यक्ष शाहले बताए । नरैनापुर गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण नरैनापुर गाउँपालिकाका छ वटै वडामा भएको क्षति विवरण वडा अध्यक्षको नेतृत्वमा बनेको विपद् व्यवस्थापन टीमले संकलन गरी पालिकामा बुझाउने र त्यही अनुरूप राहत वितरण गर्ने निर्णय गरेको छ ।
साथै, विपद्को समयमा विभिन्न संघ,संस्थालाई सहयोगको लागि अनुरोध गर्ने र संकलन भएका राहत सामग्री एकद्वार प्रणालीमार्फत पालिकाबाटै वितरण गर्ने,बर्षातका कारण क्षतिभएका सार्वजनिक संरचनाहरू तत्काल पुनः निर्माण गर्ने,धानबाली क्षति विवरण नरैनापुर गाउँपालिकाको कृषि शाखाले संकलन गर्ने र विपदका कारण हुने सम्भावित स्वास्थ्य सम्बन्धी प्रकोप नियन्त्रण गर्न स्वास्थ्य शाखाले बिशेष पहल गर्ने निर्णय गरेको विपद शाखा संयोजक लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।
बैठकमा गाँउपालिका अध्यक्षसमेत रहेका विपद समितिका संयोजक इश्तियाक अहमद शाह,वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज कुमार शर्मा, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, विओपी नरैनापुरका सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, विओपी कटकुइयाका दयाराम पौडेललगायत गाँउपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया