यसकारण प्रचण्डले आफैँलाई मत हाल्न पाउँदैनन् !

लोकपथ
182
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफैँलाई मत हाल्न नपाउने भएका छन् ।

प्रचण्ड आगामी निर्वाचनका लागि गोरखा–२ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् ।

यसअघि २०७४ को निर्वाचनमा गृह जिल्लाको चितवन क्षेत्र–३ बाट जित हासिल गरेका थिए । जसकारण उनको मतदाता नामावली पनि चितवनको भरतपुर महानगरपालिका वडा नं १४ मा रहेको छ ।

आगामी निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका थिए । तर अन्तिममा उनले चितवन छोडेर गोरखा–२ मा चुनाव लड्ने भएसँगै उनले आफैँले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

स्थानीय निर्वाचनका उम्मेदवारले आफ्नो मतदाता नामावली रहेको स्थानीय तहबाट मात्र उम्मेदवारी दिन पाउने प्रावधान रहेको छ । तर संघीय र प्रदेशको निर्वाचनमा उम्मेदवारले देशका जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न पाउनेछन् । जसको कारण धेरै उम्मेदवारहरुले आफैँले आफैँलाई मतदान गर्नबाट बञ्चित हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?