नेवा गुठीका अध्यक्षसहित विभिन्न व्यक्ति जसपामा प्रवेश

लोकपथ
42
Shares

बाँके। बाँकेको भृकुटीनगरस्थित नेवा गुठीका अध्यक्ष तथा नेवाः पुँच कार्यसमितका सदस्य चन्द्रबहादुर श्रेष्ठलगायत नेपालमा सक्रिय विभिन्न क्षेत्रका अगुवाहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

बुधवार एक कार्यक्रमका बीच जसपा नेता एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले उनीहरूलाई स्वागत गरेका हुन्।

कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य लालिमा मल्ल, नेकपा एमालेका सोमता शाही, सोमता सन्यासी, नेकपा माओ‌वादी नगर कमिटी सदस्य गीता मल्ल, वैश्य समाजका अगुवा ओमकर वैश्यलगायतलाई पनि मन्त्री राईले स्वागत गरेका थिए।

जसपाका तर्फबाट बाँके क्षेत्र न २ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका मन्त्री राईले बाँकेमा समग्र विकासको लहर ल्याउनका लागि जसपालाई जिताउन अपिल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?