वर्षाबाट भएको क्षतिबारे तथ्य प्रस्तुत गर्न गृहमन्त्री खाँणको निर्देशन

लोकपथ
52
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य संकलन गरी तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले यस्तो निर्देशन दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बाँके, बर्दिया र दाङलगायतका जिल्लामा पछिल्लो समय आएको अविरल वर्षाका कारण पुगेको जनधनको क्षतिबारे अध्ययन गरी तत्काल रिपोर्ट प्रस्तुत गर्न निर्देशन दिएको बताए ।

उनका अनुसार गृहमन्त्री खाँणले बिहीवार नै घटनास्थलको निरीक्षण गरी प्रतिवेदन प्रस्तुत गर्न र आवश्यक राहत उपलब्ध गराउन निर्देशन दिए । प्रवक्ता पोखरेलले अपुग ठाउँमा राहत लैजान पनि निर्देशन दिनुभएको बताएका छन् ।

निर्वाचनका लागि हरेक जिल्लामा विशेष सुरक्षा योजना बनाएर पठाएको र त्यसै अन्तर्गत सुरक्षा योजना तयार गर्न निर्देशन भएको पनि प्रवक्ता पोखरेलले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?