बीफिन र सीपीएससीबिच सम्झौता

लोकपथ
52
Shares

काठमाडौं । नेपाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीफिन) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सम्झौता भएको छ ।

मंगलवार मनिलामा सीपीएसीले आयोजना गरेको एक समारोहबीच दुई पक्ष रणनीतिक सम्झौतामा प्रवेश गरेका हुन् । सम्झौतमा बीफिनका प्रबन्ध निर्देशक डाक्टर विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जी.एल.डी. विक्रमासिंघेले हस्ताक्षर गरेका थिए ।

यस रणनीतिक सम्झौताको उद्देश्य दुबै संस्थाको कार्यक्षेत्रभित्र पर्ने विविध संस्थाका कर्मचारीको क्षमता विकासको क्षेत्रमा मिलेर काम गर्नु रहेको छ । यस सहकार्यले कयौं सदस्य देशमा मानव संसाधन विकासमा मद्दत मिल्ने डाक्टर आत्रेयले बताए । दुबै संगठनको पारस्परिक हित तथा रुचीको क्षेत्रमा तालिमको आयोजना गरिने र नेपालमा अन्तरराष्ट्रिय तालिम कार्यक्रमको आयोजना गर्ने प्रस्ताव पनि उनले गरेका छन् ।

यस सहकार्यप्रति प्राध्यापक विक्रमासिंघेले आफ्नो खुसी व्यक्त गरेका थिए । मनिलामा कार्यक्रमहरु सञ्चालन गर्न आफूले सहायता गर्ने पनि उनले आश्वस्त पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?