१२ माघ २०७९, बिहीवार

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाखको सहयोग

२०७९,आश्विन,२६,बुधबार १८:३५

27
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधवार वीरगञ्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विरेन्द्र बहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट सो संस्थाका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेका हुन् ।

वीरगञ्जस्थित दियालो लर्डस् प्लाजामा आयोजित सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, संस्थाका नेशनल प्रेशिडेन्ट, नगर प्रमुख तथा स्थानिय उद्योगपति, व्यवसायिहरुको उपस्थिति रहेको थियो ।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरुका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ्ग तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ । सो सहयोगबाट विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,२६,बुधबार १८:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल खड्गी सेवा समिति अन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर योगेन्द्र ढुंगेल सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार

दिपायल । दिपायल–डोटीबाट पछिल्लो समय मकैको बीउ निर्यात हुन थालेको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन भएको एक

काठमाडौं । स्थानीय सेवा अन्तर्गत ३५ वर्ष उमेर पार गरेका कर्मचारीहरुले समेत संघीय लोकसेवा आयोगको विज्ञापनमा भिड्न पाउने भएका छन्

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६