सफ्ट्वेरिका कलेजका रिसर्च एण्ड डेभेलप्मेन्ट टोलीको बेलायत भ्रमण सम्पन्न

लोकपथ
52
Shares

काठमाडौं । बेलयातस्थित कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सको रिसर्च एण्ड डेभेलोप्मेन्टमा कार्यरत ९ जनाको टोलीले बेलायलको कोभेन्ट्री विश्वविद्यालय भ्रमण सम्पन्न गरेको छ ।

सफ्ट्वेरिका कलेजबाटै स्नातक तहको शिक्षा हासिल गरेका रिसर्च एण्ड डेभेलप्मेन्ट टोलीका ९ जना सहित एमएससी इन डाटा साइन्स एण्ड कम्प्युटेसनल इन्टेलिजेन्सका हेड अफ एकेडेमिक्स एण्ड कोर्ष डाइरेक्टर मनोज श्रेष्ठले उक्त भ्रमण गरेका हुन् । सेप्टेम्बर २३ देखि १२ दिनको लागि आयोजित यस भ्रमणमा उनीहरूले विभिन्न अनुसन्धान केन्द्रको अवलोकन गरेको श्रेष्ठ बताउँछन् ।

उक्त भ्रमणमा उनीहरूले इन्टर्नेट, मेसिन, अटोमेटेड भेहिकल, आइओटी ल्याब, रोबोट, थ्रिडी प्रिन्टिर, इन्डक्सन मोटरलगायतका विषयमा जानकारी एवम् ज्ञान हासिल गरेका छन् । जुन भविष्यमा नेपालमा पनि प्रयोगमा ल्याउन सकिने श्रेष्ठ बताउँछन् ।

‘आगामी दिनमा पनि हरेक वर्ष यस्ता भ्रमणको आयोजना गरिने छ,’ श्रेष्ठ भन्छन् ‘भ्रमणमा सहभागीहरूले विभिन्न विषयमा धेरै ज्ञान हासिल गरेका छन् । यसलाई सदुपयोग गर्दै नेपालमा पनि प्रयोगमा ल्याउने हाम्रो योजना छ ।’  भ्रमणमा आवतजावतको टिकट, बसोबासलगायतका सम्पुर्ण खर्च कलेजले नै गरेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?