काठमाडौं । नेकपा एमालेले विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह ‘लौरो’ पाएकी छन् । एमालेले टिकट नदिएपछि उनले प्रतिनिधि सभा सदस्यमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी थिइन् ।
एमालेकी शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले हाम्रो नेपाली पार्टीबाट ‘लौरो’ चिन्ह पाएकी हुन् ।
एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया