गोविन्दराज जोशीले पाए चुनाव चिह्न ‘कैंची’

लोकपथ
56
Shares

काठमाडौं । कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । तनहुँ–१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र जाेशीले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले बुधवार जोशीलाई चुनाव चिन्ह कैंची दिएको हो ।

स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका जोशीका छोरा दीपकले पनि चुनाव चिन्ह कैंची पाएका थिए । तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट एकबहादुर राना उम्मेदवार छन् ।

०७४ को निर्वाचनमा पौडेललाई असहयोग गरेको आरोपमा जोशी कांग्रेसबाट निष्कासित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?