सर्लाही २ मा सत्ता गठबन्धनको उम्मेदवार महिन्द्रराय यादव

लोकपथ
637
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ ।

बुधवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पारेका हुन् । सर्लाही २ मा लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार बनेका छन् ।

चारदलीय गठबन्धन र लोसपाबीच मधेस प्रदेशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सत्तारुढ गठबन्धनको यो निर्णयसँगै महतो संकटमा परेका छन् । यस्तै, सर्लाही २ (क) मा सुनिल साह र (ख) मा कौशलकिशोर यादव आधिकारिक उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ ।

गठबन्धनले आगामी निर्वाचनमा दलहरूबीचको सहमतिअनुरुप सम्बन्धित पार्टीको निर्देशन मानेर बागी उम्मेदवार फिर्ता लिएकोमा सबैलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?