काठमाडौं । नक्सालको क्राउन प्लाजा होटलमा आगोले जलेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ । होटलको कोठामा आगोमा परी चाबहिल बस्दै आएकी २३ वर्षीय युवतीको मृत्यु भएको हो । उनि असोज २४ गते बिहान पौने ४ बजेको समयमा जलेर गम्भिर घाइते भएकी थिइन् । घाइते युवतीलाई उनका प्रेमीले उपचारको लागि अस्पताल लगेपनि उनको मृत्यु भएको हो ।
कोठामा सँगै रहेका २६ वर्षीय प्रेमी केशव रिजालले घाइते युवतीलाई उपचारको लागि सुरुमा वीर अस्पताल पुर्याएका थिए । तर, त्यहाँ उपचार हुन नसकेपछि युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा पुर्याइएको थियो । त्यहाँ पनि उनको उपचार हुन नसकेपछि सोमवार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार युवतीको मृत्युलगत्तै प्रहरीले युवतीसँगै कोठामा रहेका जितपुर सिमरा उपमहानगरपालिका १४ स्थायी घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको थियो । रिजालसँगै होटल सञ्चालक ३७ वर्षीय पदम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाका सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नदिएको भन्दै होटल सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।
युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको छ । तर, पेट्रोल युवती आफैले आगो लगाएकी हुन् कि अरु कसैले पेट्रोल छर्केर आगो लगाएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । हाल पोष्टमार्टमका लागि युवतीको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया