नेकपाको सचिवालय बैठक पुनःस-यो

काठमाडौं । तीन सातापछि आइतबार र सोमबार (आज र भोलि) बस्ने भनिएको नेकपाको सचिवालय बैठक पुनः सरेको छ ।

आज ११ बजेका लागि तय भएको बैठक दुई बजेका लागि सरेको हो । 

पार्टीको श्रोत अनुसार बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीका एकीककरणसम्बन्धी कार्यसूचीमाथि गम्भीर छलफल हुने भएको छ । 

यस्तै सरकारले जनभावना र मर्ममुताविक काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालय स्रोतले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?