काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ बाट गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले कांग्रेस नेता नरहरी आचार्यसँग भेटघाट गरेका छन् ।
भेटघाटको क्रममा बुधबार बिहान नेता आचार्यले पौडेललाई जितको शुभकामनासहित केही सुझाव समेत दिएका छन् ।
नेता आचार्यले क्षेत्र नं ५ का मतदाता विवेकी रहेको बताउँदै पौडेललाई मत दिएर जिताउनेमा विश्वस्त रहेको बताएका छन् ।
आचार्यले भनेका छन्, ‘काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील, निस्ठावान र सचेत छन्। परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यस क्षेत्रका बासिन्दा कार्यभारको नेतृत्व तिमिलार्इ सुम्पने छन् भन्ने कुरामा विश्वस्त छु ।’

त्यसैगरी नेता आचार्यले पौडेललाई जनचाहना अनुरुप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा नागरिकको पक्षमा अडिग भएर अघि बढ्न समेत सुझाव दिएका छन् ।
‘जनचाहना अनुरुप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैँ नागरिकको पक्षमा अडिग रहेर अगाडि बढनु ।’ नेता आचार्यको सुुझाव रहेको थियो ।

काठमाडौं क्षेत्र नं ५ बाट नेता आचार्यले पटक पटक निर्वाचन जितेका छन् । तर २०७४ को निर्वाचनमा भने आचार्य अवस्थताका कारण उम्मेदवार बनेनन् । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट डा. प्रकाशशरण महतले निर्वाचन लडे पनि वाम गठबन्धनका उम्मेदवार एमालेका ईश्वर पोखरेलले चुनाव जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया