काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएसँगै उनका बुवा चुनाव लडने भएका छन् । रेशम चौधरीको स्थानमा बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा लालवीर चौधरी चुनाव लड्ने भएका हुन् ।
चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । बर्दिया क्षेत्र नम्बर २ बाट रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलवार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो ।
रेशम चौधरीकी श्रीमती एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अब बर्दिया क्षेत्र नम्बर २ मा रेशम चौधरीका बुवा निर्वाचन लड्ने बताइन् । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया