प्रभु साहले पार्टीलाई धोका दिनुभयो : शंकर पोखरेल

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रौतहटमा प्रभु साहले अराजनीतिक षडयन्त्र गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले जसपासँग तालमेलको सम्झौता गर्ने बैठकमा सहभागि, मधेश प्रदेशको टिकट मिलाउने समयमा पनि उपस्थित भइ टिकट लिएर अन्ततः पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको आरोप लगाएका हुन् । त्यस्तै आफूले स्वतन्त्र उम्मेदवारी दिए पनि अन्यको समेत उम्मेदवारी दिने समय गुजारेको टिप्पणी समेत गरे ।

‘अराजनीतिक षडयन्त्रको नमुनाः प्रभु साह जसपासंगको तालमेलको संझौता वैठकमा सहभागि हुनु भो ।उक्त सहमती पश्चात मधेसप्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा वस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफुले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो ।’ उनले भनेका छन् ।

साहले सत्तारुढ गठबन्धनसँगको साँठगाँँठले पार्टीलाई धोका दिए पनि मधेसमा एमाले–जसपा गठबन्धनलाई सफल बनाउनका लागि समेत आग्रह गरेका छन् ।

‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो ।’ उनले भने, ‘रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै वुझेका छन् । मधेस प्रदेशमा नेकपा (एमाले) र जसपा वीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’

यता नेता साहले भने माओवादीबाट आएका नेताहरुलाई पार्टीले घात गरेको टिप्पणी गर्दै आएका छन् । सार्वजनिक सञ्चारमाध्यममा बोल्दै उनले एमालेले पूर्व माओवादी नेताहरुले केपी शर्मा ओलीलाई कठिन समयमा साथ दिए पनि त्यसको कदर हुन नसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?