गण्डकी प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित

लोकपथ
182
Shares

पोखरा । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका हुन् ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?