पछिल्लो ६ दिनमा बाढी-पहिरोलगायत विपद्का घटनामा परी ४६ को मृत्यु, २६ जना बेपत्ता

लोकपथ
49
Shares
{“caption”:”u092cu093eu0922u0940u0932u0947 u092cu0941u0927u092cu093eu0930 u0921u0941u092cu093eu0928u092eu093e u092au0930u0947u0915u094b u0938u093fu0928u094du0927u0941u092au093eu0932u094du091au094bu0915u0915u094b u092eu0947u0932u092eu094du091au0940 u092cu091cu093eu0930 u0930 u0909u0926u094du0927u093eu0930u092eu093e u0916u091fu093fu090fu0915u094b u0928u0947u092au093eu0932u0940 u0938u0947u0928u093eu0915u094b u0939u0947u0932u093fu0915u092au094du091fu0930 u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0902u0917u0926 u0922u0915u093eu0932/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

उक्त अवधिमा रेकर्ड भएका ११८ वटा विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन् ।

गृहका अनुसार बितेको ६ दिनमा विपद्का घटनामबाट १८१ परिवार प्रभावित भएका छन् ।

पछिल्लो साता सबैभन्दा ठूलो जनधनको क्षति बाढी र पहिरोबाट भएको छ । बाढी र पहिरोका घटनामा परी ३९ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । बाढी र पहिरोबाट सबैभन्दा ठूलो जनधनको क्षति कर्णाली प्रदेशमा भएको गृहले जनाएको छ ।

यसवर्ष (२०७९ वैशाख १ गतेदेखि असोज २५ गतेसम्म) विपद्का घटनामा परी नेपालमा २७६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो करिव ६ महिनाको अवधिमा नेपालमा २ हजार २ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ३३ जना बेपत्ता भएका छन् भने ५८७ जना घाइते भएका छन् ।

यसवर्ष विपद्का घटनामध्ये पहिरोमा परी सबैभन्दा बढीको ज्यान गएको छ । हालसम्म पहिरोमा परी ९१ जनाको मृत्यु भइसकेको छ ।

गृह मन्त्रालयका अनुसार यसवर्ष विपद्का घटनाबाट १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?