सुनको मूल्य तोलामा दुई सयले बढ्यो

लोकपथ
39
Shares

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधवार दुई सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने घटेको छ । बुधवार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?