गठबन्धनको सहमति विपरितका उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको आग्रह

लोकपथ
117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धनको सहमति विपरित उम्मेदवारी दिएका पार्टीका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका महासचिव डा.वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा बुधवार १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?