१०० वर्षीय पोखरेल प्रचण्डविरुद्ध चुनाव लड्ने

लोकपथ
763
Shares

काठमाडौं । गोरखा क्षेत्र नं २ बाट १०० वर्षीय टिकादत्त  पोखरेलले चुनाव लड्ने भएका छन् ।

उनले आइतबार चुनाव लड्नका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्दैछन् । त्यससँगै प्रचण्डसँग पोखरेलको प्रतिष्पर्धा पर्ने देखिन्छ ।
नेपाली कांग्रेस निकट पोखरेल २००७ सालको क्रान्तिमा प्रत्यक्ष सहभागि भएका थिए ।

नेपाली सेनाको जागिर छाडेर पोखरेल वीपी कोइरालाले गठन गरेको मुक्ति सेनामा लागेर संघर्ष गरेका थिए । पहिलोपटक चुनाव लड्न लागेका पोखरेललाई यसअघि २०४८ सालमा किष्णप्रसाद भट्टराईले राष्ट्रिय सभामा लैजानका लागि आग्रह गरे पनि उनले भने मानेनन् ।

त्यसैगरी सो क्षेत्रबाट नेकपा एमालेका तर्फबाट अब्दुस मियाँ चुनाव लड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?