काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलवार आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।
आयोगले प्रतिनिधि सभातर्फका २ हजार ५ सय ३१ उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमवार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो ।
यस्तै, आयोगले बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारहरुको नामावली (सूचीसहित) :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया