आज दिनभर के-के भए ? हेर्नुहाेस् आजका टप फिप्टिन हेडलाइन्स (भिडियोसहित)

लोकपथ
77
Shares

१. बुधवार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको २० घण्टे अल्टिमेटम, समयभित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने चेतावनी ।

२. जनता समाजवादी पार्टीका चारै जना मन्त्रीलाई हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी, जसपाको भने सत्ता गठबन्धनमै रहेको दाबी ।

३. प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा खारेज, मतदाता परिचयपत्रको प्रिन्ट गल्ती भएको आयोगको प्रष्टीकरण ।

४. आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगद्वारा जानकारी, प्रत्यक्षतर्फ २ हजार ५ सय २६ जनाको पर्यो उम्मेदवारी ।

५. राष्ट्रपती विद्यादेवी भण्डारी उपचारपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज, कोरोना संक्रमणपछि स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सको भनाइ ।

६. पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता, १५ जना घाइते, कर्णाली प्रदेशमा मात्रै हालसम्म ३३ जनाको मृत्यु पुग्यो ।

७. आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले मुलुकको अर्थतन्त्रमा सुधार नहुने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालको भनाई, बजारमा अत्याधिक तरलताको अभाव, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु रोकिने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले सुधार ल्याउने अवस्था नरहेको जिकिर ।

८. ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जना पक्राउ, ६ लाख नगद र १४३ तोला सुन बरामद, आरोपितविरूद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी ।

९. पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, २९ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ५७५ पुग्यो ।

१०. ‘कफ सिरप’ नामक औषधि सेवन नगर्न डब्लूएचओको सुझाव, सो औषधिको सेवनका कारण गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको आशंका ।

११. साताको तेस्रो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १६.०६ अंकले घट्दा कारोबार रकम ५५ करोडमा सीमित ।

१२. राजनीतिक स्थिरता कायम गर्न भन्दै मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले गरे संसद विघटनको घोषणा, मध्यावधि निर्वाचनको मितिका लागि निर्वाचन आयोगसँग सल्लाह गरिँदै ।

१३. निकारागुवाको मध्य क्यारेबियन तटमा आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको मृत्यु, ग्वाटेमाला र एल साल्भाडोर क्षेत्रमा आँधीपछि मुसलधारे वर्षा, ठूलो समुद्री छाल आउन सक्ने अमेरिकाको नेशनल हरिकेन सेन्टरको चेतावनी ।

१४. नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबकोे विजयी सुरुवात, मंगलबार भएको खेलमा बागमती प्रदेश ४ विकेटले पराजित ।

१५. शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टीम चेस च्याम्पियनसीमा सहभागि हुन नेपाली टोली बंगलादेश प्रस्थान,अक्टोबर १२ देखि सुरु हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने ।

https://www.facebook.com/lokpath/videos/762778778155329

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?