कांग्रेसका बागी उम्मेदवारले आफ्नाे उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने

लोकपथ
91
Shares

काठमाडाैं । नेपाली कांग्रेसले बुधवार १ बजेभित्र पार्टी तथा गठबन्धनविरुद्ध उम्मेदवारी दिने नेताहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने स्पष्ट गरेको छ ।

‘तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुने ब्यहोरा निर्णयानुसार जानकारी गराईन्छ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सक्रिय भुमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?