प्रधानमन्त्रीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथममहिला राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टिका लगाइदिएका छन् । 

शिक्षा सदन किर्तिपुर भत्के पाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले सामुहिक टिका लगाइदिएका छन् । 
 
सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रष्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?