काठमाडौं । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव बर्खास्तीमा पर्ने भएका छन् । नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी अभियानमा होमिएका जसपाका मन्त्रीलाई बर्खास्त गर्ने सत्ता गठबन्धनको तयारी भएसँगै आजै उनलाई बर्खास्ती गर्ने तयारी भएको प्रदेश १ सत्ता पक्षका एक नेताले बताए ।
यादव २०७८ कार्तिक १६ गते बनेको राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए । यस्तै मन्त्रिपरिषद् पुनःगठन भएसँगै उनी पुनः २०७८ माघ २३ गते स्वास्थ्यमन्त्री बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया