कोरोना अपडेट : २४ घण्टामा ४४ जनामा संक्रमण

लोकपथ
13
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त समयमा गरिएको २ हजार २ सय २२ परिक्षणमध्ये आरटी पिसिआर विधिबाट ३५ र एन्टीजेन विधिबाट ९ जना गरि ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा आज संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । त्यस्तै, कोभिड विरुद्धको खोप लगाउनेहरुको संख्या ८ हजार ८ सय ६६ रहेको मन्त्रालयमा प्राप्त तथ्याङ्कका आधारमा उल्लेख गरिएको बताइएको छ ।

यता, २४ घण्टामा २९ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै हाल देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?