अमृतसरको रेल दुर्घटनामा चालकको गल्ती नभएको रेलवेका अध्यक्षको दाबी

एजेन्सी । भारतको अमृतसरमा भएको रेल दुर्घटनामा रेलवेका अध्यक्षले चालकको कुनै गल्ती नरहेको दाबी गरेका छन् । 

अध्यक्ष अश्विनी लोहनीले ड्राइभरले गति कम गरेको बताएका हुन् । यदी इमर्जेन्सी ब्रेक लगाएको भए थप भयानक दुर्घटना हुन सक्ने उनको भनाई छ । 

दुर्घटनाका बेला साँझ परिसकेको कारण ड्राइभरले लिकमा बसेका मान्छेलाई देख्न नसकेको लोहनीले बताएका छन् ।

शुक्रबार साँझ रावणको पुतला जलाउने कार्यक्रममा रेलले किच्दा ५९ जनाको मृत्यु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?