सत्ता गठबन्धनलाई बहुमत दिलाउन गृहमन्त्री खाणको आग्रह

लोकपथ
52
Shares

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन् ।

गृहमन्त्री खाणले नागरिकताबिहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिरसमेत गरे । मंगलवार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरित गएर नागरिकता विधेयक प्रमाणिकरण नगरेका कारण गैर आवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे ।

गृहमन्त्री खाणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणिकरणका लागि दबाब दिनपनि गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे । खाणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उनको भनाइ थियो । गृहमन्त्री खाणले विदेशमा रहेका हरेक नेपालीहरुको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि पटकपटक दोहोर्‍याए ।

गृहमन्त्री खाणले सरकारले गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासनसमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?