सुनजस्तो धातुसहित रामेछापका किरणकुमार पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । नेपाल प्रहरीले सुन जस्तो देखिने पहेलो धातुसहित एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातुको करिब ६० ग्राम तौलको औठी ३ थान र आईफोन मोबाईल २ थान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सो सामाग्रीसहित विमानस्थलबाट पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका–२ का ३६ वर्षीय किरण कुमार तामाङ रहेका छन्।

हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाईल फेला पारी पक्राउ गरेको हो ।

उक्त धातु र मोबाईलसहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?