कमल थापालाई सुर्य चिन्ह दिएकोमा भीम रावलको आपत्ति

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई सुर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन ।

मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सुर्य चुनाव चिन्हवाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन । उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनैतिक’ भनेका छन ।

‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने ?,’ रावलले भनेका छन, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तै एमालेले बोक्ने ! के हुन लाग्यो !’

आफनो नाम क्षेत्र, जिल्ला र प्रदेशवाट सिफारिस भए पनि केन्द्रले टिकट नदिएको बिषयमा उचित समयमा बोल्ने जनाएका रावलले थापालाई दिएको सुर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको बिषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?