डाक्टर रिजालले खुलाए आफुलाई उम्मेदवार नबनाउनुको कारण

लोकपथ
117
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवाले आफूलाई प्रतिनिधि सभाको उम्मेदवार नबनाउनुको कारण भन्दै दुई पत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । डा. रिजालले आफूलाई उम्मेदवार बन्न नदिनुको कारण २०७७ को जेठ महिनामा आफूले दिएको राजिनामा भएको हुनसक्ने बताएका छन् ।

डा.रिजालद्वारा सार्वजनिक पोष्टमा २०७७ को जेठ महिनामा आफूले समन्वय समिति, अर्थ मन्त्रालयको संयोजक पदबाट राजिनामा दिएको तर, त्यसको चार महिनापछि आफूले दिएको राजिनामा स्विकृत नभएको हुनसक्ने औंल्याएका हुन् ।

डा. रिजालले फेसबुकमा गरेको पोष्टमा ‘सभापति देउवाले मलाई प्रतिनिधि सभाको निर्वाचनमा किन उम्मेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला परे,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?