उम्मेदवारी दर्ता गराएर काठमाडौं फर्किए प्रचण्ड

लोकपथ
52
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएका छन् । आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका प्रचण्डसहितको टोली सोमवार(आज) काठमाडौं फिर्ता आएको हो ।

आइतवार उम्मेदवारी संघिय निर्वाचनका लागि गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएर निर्वाचन तयारीसँग सम्बन्धित केहि प्रारम्भिक बैठक एवं छलफल सम्पन्न गरे पश्चात प्रचण्ड काठमाडौं फर्किएका हुन् ।

प्रचण्डको उम्मेदवारीबाट गोरखाका जनताहरु गौरवान्वित र हर्षित भएको र आफुहरुहरुको अनुरोधलाई स्विकर गर्दै गोरखाबाट उम्मेदवारी दिएकोमा आभार प्रकट गरेको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

श्रेष्ठले उम्मेदवारी दर्ता प्रक्रियामा देखिएको जनताको सहभागितासहितको वातावरण उम्मेदवारी भन्दा विजय उत्सव जस्तो रहेको र अत्यधिक मतद्वारा विजयी हुने सुनिश्चित भैसकेको उल्लेख गरेका छन् । यो सँगै उनले अध्यक्ष प्रचण्डलाई अग्रिम बधाईसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?