बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने गठबन्धनको निर्णय

लोकपथ
56
Shares

मोरङ । सत्ता गठबन्धन मोरङले आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नामावली मनोनयन गने क्रममा गठबन्धनको भावना र मर्म विपरित स्वतन्त्र उम्मेदवारहरुको मनोनयन भएको जानकारी आएको भन्दै गठबन्धनले उम्मेदवारको नामावली फिर्ता गर्ने निधारित समय सीमाभित्र नाम फिर्ता गर्न आग्रह गरेको हो ।

यदि स्वतन्त्र उम्मेदवारहरुले नामावली फिर्ता गर्न नमाने पार्टीको साधारण सदस्यबाट निलम्बन गरी सम्बधित पार्टिको केन्द्रीय समितिमा सिफारिस गर्ने तथा संञ्चार माध्यमबाट सार्वजनिक गर्ने निर्णय गठबन्धनको बैठकले गरेको छ ।

बैठकले संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सचिवालय मोरङको सम्पर्क कार्यालय कांग्रेसको पार्टी कार्यालय रहने निर्णय पनि गरेको छ ।

जसको संयोजक कांग्रेस मोरङका कावा सभापति नागेस कोइराला रहने र तल्लो तहसम्म निर्वाचन परिचालन समिति बनाउनेलगायतका निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?