विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राख्दै उजुरी परेको छ । आइतवार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए ।

तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमवार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?