रुकुम पश्चिममा प्रदेश (ख) का कांग्रेस उम्मेदवार ओली विरुद्ध उजुरी

लोकपथ
78
Shares

सुर्खेत । रुकुम पश्चिम (ख) बाट प्रदेश सभाका उम्मेदवार प्रेमप्रकाश ओली विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा परेको भन्दै उजुरी परेको छ । कांग्रेसबाट प्रदेश सभाका लागि ओलीले आइतवार मनोनय पत्र दर्ता गराएका थिए ।

उनका विरुद्धमा धुर्वविक्रम बुढाथोकीले सोमवार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेश सभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् ।

कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नम्बर ०७६ एफजे ०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ ।

गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस तथा माओवादी भनेर नै उल्लेख गरिएको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।

यस विषयमा ओलीले भने ,‘सम्मानित सर्वोच्च अदालमा मैले दोहो¥याई पाउँ भनेर माग गरेको छु । मैले रकम साउन महिनामा तिरिसकेको छु भने गत माघमा मुद्दा चलाइएको छ । मुद्दा नै जालसाँझी तरिकाले चलाइएको छ भने गत साउनमा रकम लगेको म सँग प्रमाण छ । फैसला चाँहि भएको हो, अब के हुन्छ थाह छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?